काठमाडाैं– नेपालीमा प्रतिबद्धता, अठाेट, प्रण र प्रतिज्ञा यी शब्दले दिने अर्थ वा आशय उस्तै वा उही हुन् । तर नेपाली कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्र पढ्ने हाे भने यी समानार्थी लाग्दैनन् । कांग्रेसले आफ्नाे चुनाबी घोषणा पत्रमा गरेका प्रतिबद्धता, अठाेट, प्रण र प्रतिज्ञा यस्ता छन् ।
प्रतिबद्धता : नेपाली कांग्रेस आफ्नाे नतृत्वमा हासिल भएका राजनीतिक, आर्थिक र सामाजिक उपलव्धिका स्वामित्व लिन जति प्रष्ट छ, सरकार सञ्चालनका क्रममा वा प्रतिपक्षकाे भूमिकामा रहँदा जानेर वा नजानेर भएका गल्ती र कमी–कमजारीबाट शिक्षा लिँदै भविष्यमा दाेहाेरिन नदिन पनि प्रतिबद्ध छ ।
अठाेट : नेपाली कांग्रेस सविधानका रक्षा र कार्यान्वयन तथा त्यसका जगमा मुलुककाे समुन्नति तर्फकाे अग्रगमन नै आजकाे मुख्य राष्ट्रिय जिम्मेवारी भएकाे मनन गर्दै आफ्नाे सात दशकभन्दा लामाे गाैरवपूर्ण इतिहास, यसका आर्दश एवं विचारकाे श्रेष्ठता, हजाराैं जुझारु, कर्मठ, स्वाभिमानी र इमान्दार स्वयंसेवी कार्यकर्ताकाका ऊर्जा र जनताका अनवरत स्नेह र समर्थनकाे आत्मविश्वासका साथ पुनः एकपटक नेपाली राजनीतिमा देखिएका ज्वलन्त मुद्दाहरुकाे सम्बाेधन गर्ने अठाेट गर्दछ ।
प्रण : नेपाली कांग्रेस संघीय लाेकतन्त्रका सीमाभित्र ‘वहुलता र विविधता बीचका एकता आम नपालीका सच्चा राष्ट्रियता’ भन्ने मान्यताका साथ संविधान कार्यान्वयन गर्दै समुन्नत नेपाल निर्माणकाे आफ्नाे ध्येयलई पूरा गर्ने प्रण गर्दछ ।
प्रतिज्ञा : नेपाली कांग्रेस विगतमाजस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएका हरेक अभिभारालाई निष्ठा र इमान्दारीपूर्वक वहन गरी लाेकतन्त्र, संविधान, विधिकाे शासन र मानव अधिकारकाे संरक्षण र सम्वर्द्धनका निम्ति कटिबद्ध छ । संविधानकाे मर्म बमाेजिम सरकारलाई संसदप्रति जवाफदेही बनाउद संसदभित्रबाट विकल्प भएसम्म दलहरू भित्र हुनसक्ने द्वन्द्व वा संसदमा उत्पन्न हुनसक्न गतिराेध वा अरु कुनै वहानामा संसद अवरुद्ध हुन नदिई संसदलाई पूर्ण अवधि कायम राख्ने प्रतिज्ञा गर्दछ ।
हेर्नुहाेस् संकल्पपत्रको पूर्ण पाठ ।