काठमाडौं– नेपाल राष्ट्र बैंकले घरजग्गामा जाने ऋणमाथि गरेको कडाईका कारण एक वर्षअघिको तुलनामा घरजग्गा कारोबारमा ७० प्रतिशतले गिरावट आएको छ ।
२०७८ असोजमा देशभरका मालपोत कार्यालयले ७ अर्ब ३३ करोड २१ लाख रूपैयाँ राजस्व सङ्कलन गरेका थिए । यसवर्षको असोजमा भने २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार रूपैयाँ मात्र राजस्व संकलन भएको छ । एक वर्षको अवधिमा झण्डै ७० प्रतिशतको दरले राजस्व संकलनमा कमी आएको छ । यसबाट घर जग्गा कारोबारमा उल्लेख्य गिरावट आएको देखिन्छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७७ असोजमा ५ अर्ब २७ करोड २० लाख ५३ हजार राजस्व संकलन भएको थियो । पछिल्ला तीन वर्षको विवरण हेर्दा कित्ताकाट र लिखत पारित समेत निकै घटेको देखिन्छ ।
रहेको यस क्षेत्रका जानकारको भनाइ छ ।
घर जग्गामा हुने ऋण लगानीलाई केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रका रूपमा घोषणा गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले घरजग्गामा काठमाडौँ उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत बराबर मात्रै ऋण उपलब्ध गराउने पाउने व्यवस्था छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (गत साउन) मा घर जग्गा कारोबारबाट २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार रूपैयाँ राजस्व संकलन भएको थियो । भदौमा ३ अर्ब ५६ करोड २९ लाख ३ हजार राजस्व संकलन भएको थियो ।
साउनमा ९८ हजार ६४ वटा, भदौमा १ लाख ८ हजार ८ सय ८१ वटा र असोजमा २७ हजार ८ सय ५० वटा घर जग्गा कारोबार भएको छ । गत वर्षको तुलनामा कारोबार संख्या समेत घटेको देखिन्छ ।
भूउपयोग नीतिअनुसार स्थानीय तहले जग्गाको वर्गीकरण गर्न समय लगाएकाले पनि घरजग्गाको कारोबार सुस्ताएको हो ।
कहिले अस्वभाविक रूपमा कारोबार बढ्ने र कहिले ह्वात्तै बढ्ने गर्दा घरजग्गामा लगानी गर्नेहरू कोही एकदमै नाफा कमाउने र कतिपय नराम्ररी फस्ने गरेका छन् भने आफ्ना आर्थिक बाध्यताहरू टार्न घरजग्गा बेच्नेहरू पनि मर्कामा परेका छन् ।