काठमाडौं– मुलुकमा पहिलो पटक ‘नेपाल नेल च्याम्पियनसिप २०२२’ आयोजना गरिने भएको छ ।
लामो समयदेखि स्वास्थ्य र सौन्दर्यलाई ध्यानमा राख्दै नेलआर्ट, नेल एक्सटेन्सन र नेल हाइजिनका क्षेत्रमा काम गर्दै आइरहेको ‘द जगंस्टग नेलआर्ट’ले भदौ २५ गते शनिबार काठमाडौंमा नेल च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
सिल्भर ओक पार्टी प्यालेस गैरीधारामा आयोजना हुने च्याम्पियनसिपमा प्रथम हुने विजेतालाई ५० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र र पदक प्रदान गरिनुका साथै द जगंस्टग नेलआर्ट दुबाई शाखामा रोजगारको व्यवस्था गरिनेछ । नेपाल नेल च्यम्पियनसीप विजेता हुनेले दुबाइ नेल च्याम्पियनसिप २०२३ को प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त गर्नेछन् ।
द जगंस्टग नेलआर्टले हाल नेपाल लगायत दुबाइ, साउदी, कतार लगायतका मध्यपूर्वी देशहरूमा आफ्नो शाखा विस्तार गरेकाे छ । सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने मात्र नभएर सयौं नेपालीलाई रोजगारी समेत दिइरहेको द जगंस्टग नेलआर्ट स्टुडियोले नेपालको सौन्दर्य क्षेत्रमा पहिलो पटक यस्तो किसिमको नेल प्याजेन्ट आयोजना गर्न लागको द जगंस्टग नेलआर्टका सञ्चालक सुनिलजंग मल्लले बताए ।
नेपाल नेल च्याम्पियनसीप २०२२ मा दुबाइ नेल च्याम्पियनसिपका निर्देशक गलिना स्पाइरलिंग, दुबाइ नेल च्याम्पियनसीपका निर्णायकहरू सुनिलजंग मल्ल, सरस्वती मल्ल अधिकारी र मारिया मुख्य निर्णायक रहनेछन् । फ्लोर निर्णायकमा निरज जिरेल, किरण मल्ल, सुनिता लामा र एनी निरौला रहनेछन् ।
तालिमपछि रोजगारी प्रदान गरी मुलुकको बेरोजगारी समस्या केही हदसम्म भने पनि समाधान गर्नका लागि समेत यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको दावी छ । ग्राण्ड फिनालेका दिन अर्बन कम्पनीका निर्देशक मारियाले अर्बन कम्पनीमा कसरी अवसर प्राप्त गर्न सकिन्छ भन्ने तालिम तथा सिकाइबारे ज्ञान प्रदान गर्नेछिन् । टि जंग्स दुबाइले यो बर्ष एक हजार जनालाई रोजगारी प्रदान गर्ने लक्ष्य लिएको टि जंगस्का म्यनेजर निरज जिरेलले जानकारी दिए ।