काठमाडौं– नावालिकामाथि बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले लामिछानेलाई विदेश जानबाट भने राेक लगाएको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई उक्त रकम धरौटीमा राखेर रिहा गर्न आदेश दिएको हो ।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षका लागि थुनामा रहेका सन्दीपले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
उनकाे बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमै विचाराधीन छ ।