चितवन– चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले भरतपुर महानगरपालिका १ रामनगरमा भइरहेको पानीको समस्या समाधानका लागि बुधबार श्रमदान गरेका छन् । प्रहरी र स्थानीयसँगै मिलेर उनले पानील्याउनका लागि ट्य्राक खाेल्न श्रमदान गरेका हुन् ।
श्रमदानमा क्रममा उनले नेपालजस्ताे मुलुकमा कागजी काम मात्र गरेर नहुँने बरु आफैँ फिल्ड र सडकमै खटिनु पर्ने बताए । आफैँ नखटिएसम्म निर्देशनले मात्र जनताका काम नहुँने भएकाले अबकाे केही सयम यसरी नै नीति निर्माण र फिल्डमा खटिने उनकाे भनाई थियाे ।